प्रभु लाइफले मनायो तेस्रो बार्षिकोत्सव, गार्बेज बिन वितरण गर्यो

बिजमाण्डू
२०७६ मंसिर २९ गते १५:४१ | Dec 15, 2019


काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ। 

Tata
GBIME
Nepal Life

कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ।

कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौंलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु अस्पताललाई उपलब्ध गराएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले गार्बेज बिनहरु हस्तान्तरण गरेका छन्। कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो। 

प्रदेशनं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ।

गत वर्ष पनि यसैगरी कम्पनीले सातै प्रदेशका विभिन्न सरकारी विद्यालयका बिद्यार्थीहरुलाई पोशाक स्वेटर बितरण गरेको थियो।