सामाजिक सुरक्षा कोषका बारेमा छलफल गर्न परिसंघ पुग्यो सचिवकहाँ, ‘पहिले ग्यारेन्टी गर्नु पर्यो’

बिजमाण्डू
२०७६ मंसिर २९ गते १७:१५ | Dec 15, 2019
सामाजिक सुरक्षा कोषका बारेमा छलफल गर्न परिसंघ पुग्यो सचिवकहाँ, ‘पहिले ग्यारेन्टी गर्नु पर्यो’


काठमाडौं। पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा पाइरहेका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा दर्ता अस्वीकार गरिरहेका बेला निजी क्षेत्रको संगठन नेपाल उद्योग परिसंघले समस्या समाधानका लागि सरकारका अधिकारीहरुसँग माग गरेको छ।

Tata
GBIME
Nepal Life

परिसंघले आइतबार श्रम मन्त्रालयका सचिव विनोद केसीसँग भेट्दै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ। समस्या समाधान नहुन्जेलसम्म ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा जटिलता आइरहने परिसंघको धारणा छ।

अध्यक्ष सतिशकुमार मोरले परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेश गरे पनि त्यस अनुसार काम नहुँदा समस्या जस्ताको त्यस्तै रहेको बताए। उनले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षाका बारेमा गम्भीर हुन ध्यानाकर्षण पनि गराए।

परिसंघले सचिव केसीसँग दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न पनि सुझाब दिएको छ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुने गरी काम हुनु पर्ने बताए।

सचिव केसीले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रतिफलमुखी बनाउँदै जान पहल भइरहेको बताए।