हिमालयन बैंकको ग्राहकले ७५ स्थानमा छुट पाउने, ३५ प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७६ माघ ५ गते १६:५३ | Jan 19, 2020


काठमाडौं। हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौं, पोखरा र चितवनका विभिन्न ७५ भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ। 

Tata
GBIME
Nepal Life

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुरा, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद सामाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक र बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन्। 

बैंकले ती स्थानहरूसँगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। 

बैंकका ग्राहकले आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा निर्धारित छुट पाउने छन्। 

बैंकले यी स्थानको संख्या कम्तिमा २०० पुर्‍याउने जनाएको छ।