सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा साढे सात प्रतिशतसम्म छुट 

बिजमाण्डू
२०७६ माघ ५ गते १६:५८ | Jan 19, 2020


काठमाडौं। सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ। 

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्।

सम्झौतापत्रमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डीका प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका छन्।