उद्योग मन्त्रालयका दुई निकायमा प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया सुरू, २१ दिनभित्र आवेदन

बिजमाण्डू
२०७६ माघ ६ गते १०:०९ | Jan 20, 2020
उद्योग मन्त्रालयका दुई निकायमा प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया सुरू, २१ दिनभित्र आवेदन


काठमाडौ। उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतका दुई संस्थानले कार्यकारी प्रमुखका लागि आवेदन खुला गरेको छ। नेपाल पारवहन तथा गोदाम ब्यवस्था कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रमुख कार्यकारी माग गरेको हो।

Tata
GBIME
Nepal Life

पारवहन तथा गोदाम ब्यवस्था कम्पनीको महाप्रबन्धक हुनका लगि जनप्रशासन, ब्यवस्थापन, मानविकी वा समाजशास्त्र विषयमध्ये एकमा स्नातकोत्तर हुनु पर्छ। ३० वर्ष उमेर पूरा भएको हुनु पर्ने छ। 

नेपाल इन्टर मोडल यातायात विकास समितिका लागि पनि स्नातकोत्तर अनिवार्य गरिएको छ। कम्तिमा पाँच वर्षको अनुभव हुनु पर्ने छ। 

दुवै पदका लागि उम्मेद्वारले ब्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण दिनु पर्ने छ। दुवै पदका लागि आगामी २१ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ। 

सर्टलिस्ट गरेकाहरुलाई मात्र कम्पनीले खबर गर्नेछ। त्यसपछि पदपूर्तिका लागि गठित समितिले एक जनालाई नियुक्त गर्ने छ।