सिभिल बैंकले ११० कर्मचारी भर्ना गर्ने, मञ्जुश्री फाइनान्सलाई सिए चाहियो, सूर्या लाइफ पनि खोजीमा

बिजमाण्डू
२०७६ माघ ८ गते ०९:५७ | Jan 22, 2020
सिभिल बैंकले ११० कर्मचारी भर्ना गर्ने, मञ्जुश्री फाइनान्सलाई सिए चाहियो, सूर्या लाइफ पनि खोजीमा


काठमाडौं।  सिभिल बैंकले ११० जना कर्मचारी माग गरेको छ। बैंकले ब्यवस्थापकीय र अधिकृत स्तरका शाखा प्रबन्धक १५ जना माग गरेको छ। यसका लागि तीनदेखि पाँच वर्षको अनुभव आवश्यक पर्छ।

Tata
GBIME
Nepal Life

बैंकले अधिकृत र सहायक स्तरका रिलेसनसिप म्यानेजरमा ३० जना माग गरेको छ। यसमा पनि ३ देखि ५ वर्षको अनुभव चाहिन्छ। 

अधिकृत र सहायक स्तरका अपरेसन इन्चार्ज १५ जना माग गरिएको छ। यसका लागि २ देखि ३ वर्षको अनुभव भएपुग्छ। यसैगरी सहायकस्तरका ५० जना कर्मचारी माग गरिएको छ। यसमा एक वर्षको अनुभव खोजिएको छ। आवेदन बैंकको वेबसाइटमा गएर दिन सकिन्छ।

सूर्या लाइफ इन्स्योरेन्सले इन्ट्री र मिड लेभलमा कर्मचारी माग गरेको छ। संख्या तोकेको छैन। राजधानी र बाहिरका लागि कर्मचारी माग गरिएको हो।

मञ्जुश्री फाइनान्सले ५ देखि ६ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ।