डेढ वर्षमै उल्टियो एनएसीको संगठनात्मक संरचना, अध्यक्षको जिम्मेवारी सचिवलाई

बिजमाण्डू
२०७६ माघ ९ गते १७:०१ | Jan 23, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले डेढ वर्षको अवधिमै नेपाल वायुसेवा निगमको संगठनात्मक संरचना परिवर्तन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष मदन खरेलको राजीनामा स्वीकृत गर्दै अध्यक्षको जिम्मेवारी पर्यटन सचिव केदारबहादुर अधिकारीलाई दिएको छ। योसँगै निगमको कार्यकारी भूमिकामा प्रबन्ध निर्देशक नियुक्त गर्ने बाटो खुलेको छ। प्रबन्ध निर्देशकका लागि आकांक्षीको दौड सुरू भइसकेको छ।

सरकारले खरेललाई २०७५ भदौमा निगमको प्रमुख कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो। प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार हुँदाहुँदै प्रधानमन्त्री केपीशर्मा ओलीको जोडबलमा खरेललाई अध्यक्षमा ल्याइएको थियो।

उनी आएपछि कंसाकारको भूमिका खुम्चियो। कंसाकारले अघि बढाएका कतिपय योजना थाँती राखेर खरेलले नयाँ योजना अघि बढाए। तर उनको पालामा निगमको आर्थिक अवस्था अझै अधोगति लाग्यो। खरेलले कार्यकाल अवधिभर आफ्नो व्यवसायिक योजनाअनुसार काम गर्न नसकेपछि पर्यटनमन्त्री योगेश भट्टराई असन्तुष्ट थिए।