वैदेशिक रोजगार बचतपत्र दोस्रोपटक निष्कासन गरिँदै, ४० करोडको बचतपत्रमा ब्याजदर बैंकभन्दा कम

बिजमाण्डू
२०७६ माघ १० गते १०:२५ | Jan 24, 2020
वैदेशिक रोजगार बचतपत्र दोस्रोपटक निष्कासन गरिँदै, ४० करोडको बचतपत्रमा ब्याजदर बैंकभन्दा कम

Tata
GBIME
Nepal Life

काठमाडौं। राष्ट्र बैंकले चालु वर्ष दोस्रोपटक वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ। गत पुस २१ गतेसम्म पहिलो चरणको बिक्री खुला गरेको राष्ट्र बैंकले दोस्रो चरणको माघ २७ गतेबाट बिक्री गर्ने भएको हो।

ब्याज दर १० प्रतिशत नै तोकिएको छ। यो ब्याज दर निजी क्षेत्रका बैंकहरूले दिनेभन्दा कम हो। बैंकहरूले १०.२५ देखि १०.३५ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। 

यसअघि २० करोडको निष्कासन खुला गरेको राष्ट्र बैंकले यसपाली ४० करोडको निष्कासन गरेको छ। ऋणपत्रको साँवा २०८१ चैतसम्म भुक्तानी हुने छ। ब्याज रकम भने प्रत्येक ६/६ महिनामा हुने छ।

वैदेशिक रोजगारीमा रहेका परिवारले घटिमा १० हजार र बढिमा १० हजारले भाग गर्दा शेष भाग नजाने गरी आवेदन दिन सकिने छ। मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले वा आफू वा आफ्नो परिवारको सदस्यहरू बुबा, आमा, श्रीमान्, श्रीमती र छोराछोरीको नाममा खरिद गर्न सकिने छ।