एनआईसी एशिया बैंकले एपीएफ क्लबबाट सागमा पदक जित्ने खेलाडीलाई १० लाख रुपैयाँ दियो

बिजमाण्डू
२०७६ माघ १० गते १०:५२ | Jan 24, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक जित्ने खेलाडीलाई ९ लाख ९५ हजार रुपैयाँ बराबरको सहयोग दिएको छ।

सशस्त्र प्रहरीको १९औं स्थापना दिवसका अवसरमा एपीएफ क्लबमा आवद्ध रहेका खेलाडीलाई यो रकम दिएको हो। एनआईसी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई चेक हस्तान्तरण गरे। कार्यक्रम सशस्त्रका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यता थियो।