युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा उद्योगी रविभक्त श्रेष्ठ, कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने

बिजमाण्डू
२०७६ माघ १० गते ११:०९ | Jan 24, 2020
युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा उद्योगी रविभक्त श्रेष्ठ, कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने

Tata
GBIME
Nepal Life

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को अध्यक्षमा उद्योगी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। यसअघि उनी कम्पनीका संस्थापक सेयरधनी थिए। उनी एनई ग्रुपका अध्यक्ष हुन्।

श्रेष्ठले बिहीबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ र पदभार ग्रहण गरेका छन्। श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन भने पर्यटन सहायकमन्त्री समेत भइसकेका छन्।

अध्यक्ष श्रेष्ठले कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताए। कुशल व्यवस्थापकीय क्षमताका कारण  ख्याति कमाएका श्रेष्ठले सञ्चालक समिति र सम्पूर्ण सेयरधनीबीच सुमधुर सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता जनाए।