रियलमीको फाइभ आइ नेपाली बजारमा, मूल्य २० हजार ९ सय ९० रुपैयाँ

बिजमाण्डू
२०७६ माघ १० गते ११:२७ | Jan 24, 2020
रियलमीको फाइभ आइ नेपाली बजारमा, मूल्य २० हजार ९ सय ९० रुपैयाँ

Tata
GBIME
Nepal Life

काठमाडौं। रियलमीले नयाँ क्वाड् क्यामेरा फोन रियलमी फाइभ आई नेपाली बजारमा भित्राएको छ। रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाइनसहित यो मोबाइल बजारमा ल्याएको हो।

कम्पनीका अनुसार ५००० एम्एच् ब्याट्रीले ब्याट्रीको आयु र सबै भन्दा लामो ३० दिने स्ट्याण्डबाई प्रदान गर्छ। कम्पनीका अनुसार मोबाइलमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ एआईई छ जसले २.० गिगाहर्जको क्लक स्पिडमा कार्यहरु सञ्चालन गर्न सक्छ।

थर्ड जेनेरेसन क्वालकम् एआईले उल्लेखनिय गेमिङ अनुभव दिने कम्पनीले जनाएको छ। मोबाइल एक्वा ब्लु र फरेस्ट ग्रिनमा उपलब्ध रहेको कम्पनीले जनायो। यो मोबाइलको मूल्य २० हजार ९ सय ९० रुपैयाँ  तोकेको छ।