सुनको मूल्य तोलाको ७६ हजारमा स्थिर, चाँदी तोलामा ५ रूपैयाँ बढ्यो, घटबढ अनिश्चित

बिजमाण्डू
२०७६ माघ १४ गते १३:०९ | Jan 28, 2020
सुनको मूल्य तोलाको ७६ हजारमा स्थिर, चाँदी तोलामा ५ रूपैयाँ बढ्यो, घटबढ अनिश्चित

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य स्थिर रहेर मंगलबार तोलाको ७६ हजार रूपैयाँ छ । गत आइतबार प्रतितोला ७५ हजार ५ सय कारोबार भएको सुन ५ सय रूपैयाँ बढेर सोमबार ७६ हजारमा पुगेको हो। चालु वर्ष निकैपटक सुन प्रतितोला ७६ हजार सम्म उक्लेर मूल्य घटेको छ।

पुनः मूल्य घट्ने व्यवसायी र उपभोक्ताको अनुमान विपरित मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन मंगलबार प्रतितोला ७५ हजार ७ सय रूपैयाँ छ। त्यस्तै कारोबारको तेस्रो दिन अर्थात मंगलबार चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर ८ सय ९५ रूपैयाँ भएको छ। सोमबार चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन अर्थात आइतबार चाँदी तोलाको ८ सय ९५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १५८५ डलरमा कारोबार भएको छ। मूल्य अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले संकेत गरेका छन्।