टाटा आयल बजारमा, कमर्सियल गाडीमा प्रयोग गर्ने आयल एकदेखि १५ लिटरसम्मको प्याकमा

बिजमाण्डू
२०७६ माघ १४ गते १३:३७ | Jan 28, 2020
टाटा आयल बजारमा, कमर्सियल गाडीमा प्रयोग गर्ने आयल एकदेखि १५ लिटरसम्मको प्याकमा

Tata
GBIME
Nepal Life

काठमाडौं। सिप्रदी अटोपार्ट्सले टाटाको कमर्सियल गाडीमा प्रयोग हुने जेन्युइन आयल बजारमा ल्याएको छ।

कार्यक्रममा टाटा मोटर्स कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णन, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स स्पेयर पार्टसका इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदीका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स स्पेयर पार्टसका प्रबन्ध निर्देशक विशाल पटेल र सिप्रदी अटो पार्टसका प्रबन्ध निर्देशक युवराज बुढाथोकीले संयुक्त रूपमा टाटा आयलको बिक्री शुभारम्भ गरे।

कार्यक्रममा टाटा मोटर्सका एक सय जनाभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोनर आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरू सहभागी थिए। अब टाटा जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल बजारमा पाइने छ। कम्पनीले एक लिटरदेखि १५ लिटरसम्मको प्याकमा बजारमा ल्याएको छ।

कार्यक्रममा रामाकृष्णनले भने 'टाटा मोटर्स जेन्युइन इन्जिन आयल ल्याएर हामीले ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई थप विस्तार गरेका छौं। यी उत्पादनहरुलाई लिएर हामीले एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौं।'

सिप्रदीका सिइओ श्रेष्ठले भने 'सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने हाम्रो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुशीको महसुस गरेका छौं।'