एनएसीमा ६ महिनामै प्रवक्ता परिवर्तन,चन्द हटे, अर्चना खड्कालाई जिम्मेवारी, भट्टराइ सहप्रवक्ता

बिजमाण्डू
२०७६ माघ १४ गते १५:०२ | Jan 28, 2020
एनएसीमा ६ महिनामै प्रवक्ता परिवर्तन,चन्द हटे, अर्चना खड्कालाई जिम्मेवारी, भट्टराइ सहप्रवक्ता

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल वायुसेवा निगमको प्रवक्ता पदमा अर्चना खड्का तिमल्सिनालाई नियुक्त भएकी छन्। कर्पोरेट डाइरेक्टर तिमल्सिनालाई गत सोमबारदेखि प्रवक्ताको जिम्मेवारी दिइएको निगमले जनाएको छ।

 
६ महिनामै निगमले प्रवक्ता परिवर्तन गरेको हो। यसअघि गत जुलाइदेखि प्रवक्तामा उपप्रबन्ध निर्देशक गणेशबहादुर चन्द थिए । यसैगरि निगमले सहायक प्रवक्तामा उपनिर्देशक जीवनकुमार भट्टराईलाई नियुक्त गरेको छ।

पूर्व सहायक प्रवक्ता सुलेख मिश्र निगमको जापानको कन्ट्री मेनेजरमा नियुक्त भएका छन् । उनी सोमबारै जापान गइसकेका छन्।