ग्लोबल आइएमइ बैंकको शेयरमा लगानीकर्ता, साढे पाँच अंकले बढ्यो बजार, १४० करोडको किनबेच

बिजमाण्डू
२०७६ माघ १४ गते १६:०५ | Jan 28, 2020
ग्लोबल आइएमइ बैंकको शेयरमा लगानीकर्ता, साढे पाँच अंकले बढ्यो बजार, १४० करोडको किनबेच

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो समय ग्लोबल आइएमइ बैंकको शेयरमा लगानीकर्ता आकर्षित देखिएका छन्। जनता बैंक गाभेपछि सूचिकृत भएको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन्।

दिनभरीमा ९ करोड ९५ ला खरुपैयाँको शेयर कारोबार भएको छ। बैंकको अन्तिम मूल्य प्रति कित्ता २९० रुपैयाँ कायम भएको छ।

केही दिनदेखि घटिरहेको बजारमा मंगलबार लगानीकर्ताले राहत पाएका छन्। सूचक साढे ५ अंकले बढेर बन्द भएको छ। सूचक १३०६ अंक पुगेको छ।

कारोबार रकममा पनि सुधार देखिएको छ। दिनभरी खुद्रा किनबेचले नै निरन्तरता पाएको थियो। कुल १ अर्ब ४० करोड रुपैयाँको शेयर किनबेच भएको छ।

बैंकिङ, ट्रेडिङ, होटल र जलविद्युतबाहेक सबै सूचक हरियो भएका छन्। जीबन बीमा सूचकले बजारलाई केही माथि लगेको छ।