चक्रपथ विस्तारको लागि भोलि पनि दिनभरी बत्ती काटिने, यी क्षेत्रमा हुँदैछन् धमाधम काम

बिजमाण्डू
२०७६ माघ ७ गते १६:११ | Jan 21, 2020

काठमाडौं। चक्रपथ विस्तार कार्यका लागि भोलिपनि चक्रपथ क्षेत्रमा दिनभर बत्ती काटिने भएको छ।

Tata
GBIME
Nepal Life

चक्रपथको कलंकी-सुकेधारा दोस्रो खण्डको विस्तार कार्यकालागि बुढानिलकण्ठ फिडरलाई भोलि बिहान साढे ७ बजेदेखिनै सट डाउन गरिने हुँदा बसुन्धरा, श्रीटोल लगायतका क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

अहिले चक्रपथ विस्तारको लागि नेपाल वन निगमले धमाधम रुख काट्ने काम गरिरहेको छ। सुकेधारा बाट कलंकी तर्फ रुख कटानको काम सुरु भएकोले क्रमश उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदै आएको छ।

निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा काम सम्पन्न हुने वित्तीकै विद्युत सुचारु हुने छ। अन्यथा बिहान ७:३० बजेदेखि बेलुका ४ बजे सम्मै लाइन काटिने प्राधिकरणले जनाएको छ।