विदेशमा पढ्ने विद्यार्थीलाई निर्वाह खर्च पठाउन डलर सटही सुविधा दिइने, कति कति पाउँछन्?

बिजमाण्डू
२०७६ चैत्र १७ गते १३:४२ | Mar 30, 2020
विदेशमा पढ्ने विद्यार्थीलाई निर्वाह खर्च पठाउन डलर सटही सुविधा दिइने, कति कति पाउँछन्?



काठमाडौं। दुई दिनअघि साइप्रसमा रहेका नेपाली विद्यार्थीलाई पैसा पठाउनका लागि सहजीकरण गरेको सरकारले अब बाँकी देशमा रहेका नेपाली विद्यार्थीलाई पनि निर्वाह खर्च पठाउन दिने भएको छ।

Tata
GBIME
Nepal Life

साइप्रसका लागि राष्ट्र बैंकले ३ सय युरो पठाउन दिने ब्यवस्था गरेको थियो। 

 पठाएको रकमको बेनिफिसरी सम्बन्धित विद्यार्थी हुनु पर्छ। यसअघि उनीहरुले  बार्षिक रुपमा एउटा निष्चित रकम पाउँथे। अब भने निर्वाहका लागि भने थप रकम पाउने छन्। 'नो अब्जेक्सन लेटर' नभएका विद्यार्थीले पनि निर्वाह खर्च पाउने छन्।

यसको ब्यवस्था भने राष्ट्र बैंकले मिलाउनु पर्छ। विद्यार्थीको निर्वाह शुल्क वापतको रकम पठाउँदा निज अध्ययन गरिरहेको कागजातसहित बैंक तथा वित्तीय संस्थामा परिवारले निवेदेन पेश गर्नुपर्ने हुन्छ।

सटही सुविधा माग गर्ने ब्यक्तिले अन्य बैंकबाट यस प्रकारको सटही सुविधा नलिएको स्वघोषणा गर्नु पर्छ। यस्तो रकम दुरुपयोग भएको पाइएमा सम्बन्धित अभिभावक र आफन्त जिम्मेवार हुने छन्।

अहिले सन्सारका धेरै देश लकडाउन भएका कारण विद्यार्थीलाई आफ्नो खर्च उठाउन गाह्रो पर्न थालेको छ। त्यही भएर सरकारले उनीहरुको निर्वाहका लागि पैसा दिन लागेको हो। देशअनुसार २५ सयदेखि ८ हजार डलरसम्म बार्षिक निर्वाह खर्च पाइँदै आएको छ। अब यसमा थप रकम बढाउन लागिएको हो।