लकडाउनका कारण घरमै बसेका बैंकरले यसरी उपयोग गर्न सक्छन् समय, एक बैंकरको टिप्स

बिजमाण्डू
२०७६ चैत्र २१ गते ११:०३ | Apr 3, 2020
लकडाउनका कारण घरमै बसेका बैंकरले यसरी उपयोग गर्न सक्छन् समय, एक बैंकरको टिप्स


२०१९ डिसेम्बर अन्त्यदेखि चीनबाट सुरु भएको कोरोना भाइरस सबैभन्दा ठूलो चाड स्प्रिङ फेष्टिवल जनवरी २३ सम्म आइपुग्दा माहामारीका रुपमा फैलिसकेको थियो। फ्रेब्रुअरी ११ बाट कोभिड–१९ को नामबाट चिनिएको भाईरसले विश्व बिज्ञानलाई हराउँदै अर्थतन्त्रको श्वासप्रश्वासलाई अवरोध पार्न थालिसकेको छ। 

Tata
GBIME
Nepal Life

स्वास्थ्य सेवामा उत्कृष्ट १० भित्र रहेको इटाली र २०२० मार्च २० को विश्व सर्वेक्षण अनुसार खुसी ब्यक्तिहरु रहेका राष्ट्रहरुमा उत्कृष्ट अठारौं नम्बरको अमेरिकालाई पनि नराम्ररी प्रभावित पारिसकेको छ।

कोभिड–१९ को माहामारीले हरेक क्षेत्रलाई कमजोर बनाइसकेको छ। आमजीवन भयभित भइसकेको छ।  

दुई महिना पछिको पूर्ण लकडाउनबाट उठ्दै गरेको चीनका बैंकहरुमा रहेको नगदलाई अहिले निश्चित तापक्रम भएको मेसिनभित्र क्वारेन्टाइनमा राख्न थालेको छ। पीपीइ (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) समेतको सुरक्षा ब्यवस्थासहित चीनका बैंकहरुले बैंकिङ शाखाहरु खुल्ला राख्दै नगद सेनिटाइज सहित कारोबार जारी राखेका छन्। साथै डिजिटल माध्यमबाट अन्य बैंकिङ सेवा प्रवाह गरिरहेका छन्।

गत चैत ११ गतेदेखि नेपाल सरकारले समेत पूर्ण लकडाउन घोषणा गर्दै कोभिड–१९ का विरुद्ध थप सावधानी अपनाउने निर्णय गरेको छ। यसले गर्दा नेपालका सीमित बैंक शाखाहरु पन्जा र मास्कका भरमा छोटो समयको लागि न्युनतम कर्मचारीहरुबाट सञ्चालनमा छन्। अधिकांश बैंकिङ शाखाहरु बन्द छन् भने अन्य बैंकिङ कारोबार पनि अवरुद्ध भएको छ। 

अनिवार्य घरबिदामा समेत कामका कारण परिवारसँग दिन बिताउन नपाएका बैंकरहरु अहिले फुर्सदिला देखिन्छन्। सम्पूर्ण अर्थब्यवस्थामा नकारात्मक प्रभाव पारिरहेको कोरोना भाइरसले बैंकरलाई फुर्सदिलो बनाइदिएको हो। 

तर फुर्सदको समयलाई भने उपयोग गर्न जरुरी छ। यसले आगामी दिनमा नतिजा दिन सहज हुन्छ। 

यस्तो बेलामा घरमा सुतेर बस्नुभन्दा सफल र असफल बैंकहरुको 'केस स्टडी' अध्ययन गर्न सकिन्छ। बिभिन्न देशमा महामारी तथा भूकम्पपछिको टाट उल्टेको तथा सफलताका कैयौ 'केस स्टडी' हरु सजिलै इन्टरनेटमा उपलब्ध छन्। 

कोरोना भाइरस संक्रमणकालमा प्रयोग गर्न सकिने सहज बैंकिङ सेवाको मोडेल बारे 'कन्सेप्चुअल फ्रेमवर्क' निर्माण गर्न सकिन्छ। भिडियो कन्फ्रेन्समार्फत बैंकिङ तालिम संचालन गर्न सकिन्छ।

राष्ट्र बैंकको निर्देशनदेखि कार्यसञ्चालन कार्य विधिसम्म अध्यन तथा डिजिटल छलफल गर्न सकिन्छ।
कोरोना भाइरसको प्रभावबाट हुन सक्ने बैंकका संभावित निष्क्रिय कर्जा परिमाण तथा ती कर्जा प्राप्तिका नयाँ विधिहरुबारे अध्यन गर्न सकिन्छ।

बैंकको छिटोछरितो कार्य संचालनका लागि उपयोगी रहेको वर्ड तथा एक्सेल सफ्टवेयरका सहज तथा छरितो विधिहरुको अध्ययन तथा प्रयोगात्मक अभ्यास गर्न सकिन्छ।

 (जोशी नेपाल बैंक लिमिटेड घर्तिगाउँका शाखा प्रबन्धक हुन्)