कोरोना संक्रमणपछि मानिसको जीवनशैलीमा कसरी हुन्छ परिवर्तन? अनलाइन कारोबारमा तीब्रता

बिजमाण्डू
२०७६ चैत्र २१ गते १६:३७ | Apr 3, 2020
कोरोना संक्रमणपछि मानिसको जीवनशैलीमा कसरी हुन्छ परिवर्तन? अनलाइन कारोबारमा तीब्रता


काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण समग्र अर्थब्यवस्था चौपट हुन लाग्दा केही सामाजिक सुधार पनि देखिन थालेको छ। मान्छे स्वभावैले सामाजिक प्राणी भएपनि अहिले सामाजिक दूरी बढाएर बसेको छ।

Tata
GBIME
Nepal Life

कोरोना महामारीले मान्छेको रहनसहनदेखि खानपिनसम्मको गतिविधि फेरिएको छ। हात मिलाउने मान्छेहरु अहिले नमस्तेमा फर्किएका छन्। 

वर्क फ्रम होम
अहिले संसारका बिभिन्न विकसित मुलुकहरूमा जस्तै नेपालमा पनि मान्छेहरु घरबाटै कार्यालयको काम गर्न थालेका छन्। कर्मचारीले घरबाट काम गर्दैनन् भन्ने मान्यता कोरोनाले बदलिदिएको छ। मान्छेहरु घरबाटै अफिसका काम गर्न थालेका छन्। 

कोरोनाले बनाएको 'वर्क फ्रम होम' अवस्था सामान्य भएपछि पनि निरन्तरता पाउन सक्छ। घरबाटै काम हुन्छ भने किन ठूला ठूला कार्यालय खोल्ने भन्नेमा मान्छेहरु पुग्ने छन्।

अनलाइन सपिङ
बाहिरतिर अनलाइन सपिङको संस्कार विकास भएपनि नेपालमा त्यसको गति ढिलो थियो। पसल र सपिङ मलमै पुगेर सामान हेरेर मात्रै किनमेल गर्ने चलन थियो। अब भने नेपालमा पनि अनलाइन सपिङले विस्तार हुने मौका पाउने छ। कोरोनाका कारण भाटभटेनी, बिगमार्ट र निम्बसले समेत होम डेलीभरी थालिसकेका छन्। अब उनीहरुले यसलाई निरन्तरता दिन सक्नेछन्। 

अहिले बाहिरका देशहरुमा अनलाइन सपिङ ३० प्रतिशतले बढेको छ। भारतमा मात्रै फ्लिपकार्ट र अमेजनबाट बिक्री ३० प्रतिशतले बढेको छ। बैंकिङ कारोबार पनि अनलाइनबाट धेरै हुने छ।

भीडबाट टाढा
मान्छेहरु अब भीडभाडबाट टाढा रहेर काम गर्ने छन्। मलमा जाने र सिनेमा हल पुग्ने क्रम पनि अब घट्ने छ। यसले गर्दा ब्यापारको नयाँ आयाम थपिने छ। 

अनलाइन पढाइ
कोरोनाअघि पनि पढाइ अनलाइनबाट सुरु भइसकेको थियो। अब भने यसले विस्तार हुने मौका  पाउने छ। आखिर घरमै बसेर पढ्न सकिन्छ भने स्कुल-कलेज किन जाने भन्ने धारणा विकास हुने छ। 

खानपानमा सुधार
अब मान्छे खानपानमा थप सचेत हुने छन्। कोरोनाले सरसफाइको महत्वलाई बढाइदिएको छ। मान्छेहरु अहिले स्यानिटाइजर र मास्कको प्रयोग गरिरहेका छन्। यो संक्रमण हटेपछि पनि मान्छेहरु स्यानिटाइजरलाई निरन्तरता दिने छन् भने हिँडडुल गर्न बाहिर निस्कँदा मास्क लगाउने छन्। 

अब होटल रेष्टुरेन्टले पनि हाइजिनमा बढी ध्यान दिनुपर्ने छ। खानेकुरा मात्र मिठो भएर पुग्दैन होटलको सरसफाइ, उसले सफाइमा गरेको खर्चलाई पनि मान्छेहरुले ध्यान दिने छन्।
(एजेन्सीको सहयोगमा)