केएल दुगड समूहले बाँकेको कोहलपुरका चार सय परिवारलाई खाद्यान्न वितरण गर्यो

बिजमाण्डू
२०७६ चैत्र २२ गते १७:४६ | Apr 4, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। केएल दुगड समूहले बाँकेको कोहलपुरका चार सय परिवारलाई खाद्यान्न वितरण गरेको छ। कोहलपुर  नगरपालिकाको वडा नम्बर ७, १४ र १५ गरि चार सय परिवारलाई खाद्यान्न दिएको हो।

समूहले १० किलो चामल, आटा दुई किलो, दाल एक किलो, चना एक किलो र धारा तोरीको तेल एक लिटर गरेर फेमिली प्याक बनाएर वितरण गरेको हो। राहत वितरणमा वडा अध्यक्षहरु सहभागी थिए।

कोरोना संक्रमण रोक्न लकडाउन गरेपछि दैनिक ज्यालादारीमा रहेकालाई कम्पनीले खाद्यान्न दिएको हो। समूहका महाप्रवन्धक प्रदीप छाजेडले दैनिक ज्यालादारी र गरीब पहिचान गरेर खाद्यान्न वितरण गरिएको बताए। उनले मुलुकमा आउने विपत्तिमा समूहले सहयोग गरिरहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अहिले पनि खाद्यान्न दिएको बताए।