ओरिजिनल कागजपत्रविना नै कोलकाताबाट सामान ल्याउन पाइने, सहसचिवस्तरीय वार्ताले खोल्यो बाटो

बिजमाण्डू
२०७६ चैत्र २३ गते १४:४८ | Apr 5, 2020


काठमाडौं। लकडाउनले कोलकाता बन्दरगाहमा रोकिएका तयारी वस्तु तथा कच्चा पदार्थहरु 'ओरिजिनल' कागजपत्र विना नै फुकुवा हुन थालेको छ।

Tata
GBIME
Nepal Life

लकडाउनले गर्दा 'ओरिजिनल' कागजपत्र पठाउने माध्यम बन्द भएपछि केही दिन सामान रोकिएको थियो। 

नेपालको वाणिज्य मन्त्रालयले भारतीय वाणिज्य अधिकारीहरुसँग छलफल गरी ओरिजिनल डकुमेन्टविना नै छुटाउन सहमति भएको हो। 

'अब ओरिजिनल डकुमेन्ट चाहिँदैन। इमेल वा त्यसको नक्कल कपी भएपनि सामान छुट्ने छ,' वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले बिजमाण्डूसँग भने, 'अब सामान रोकिँदैन।'

लकडाउनले बैंकबाट ओरिजिनल डकुमेन्ट पठाउन सम्भव  थिएन। कागजपत्र पठाउने सेवा पनि बन्द भएकाले पठाउन सकिएको थिएन।