अझै विकराल अवस्था आउनै बाँकी: विश्व बैंक दक्षिण एसिया उपाध्यक्षको लेख

बिजमाण्डू
२०७६ चैत्र २३ गते १५:५४ | Apr 5, 2020
अझै विकराल अवस्था आउनै बाँकी: विश्व बैंक दक्षिण एसिया उपाध्यक्षको लेख

Tata
GBIME
Nepal Life

मेरो दक्षिण एसियाको नियमित भ्रमण रोकिएको छ। म यस क्षेत्रमा त्यति जोडिएको छैन। मैले दिनदिनै भनिरहेको छु कि हामीले कडा मेहनतले हासिल गरेको विकासलाई कोभिड-१९ फैलिँदै गर्दा समस्यामा पर्ने छ।

दक्षिण एसिया कोभिड-१९ बाट गम्भीर रुपमा संक्रमित हुनेछ।

यो सत्य हो कि अहिले घातक महामारी दक्षिण एसियामा पश्चिमका देशमा भन्दा कम देखिएको छ। विश्वको जनसंख्याको हिसाबले दोस्रो ठूलो देश भारतमा एक हजार ८ सय ६० जनामा संक्रमण देखिएको छ (हाल साढे तीन हजार नाघिसकेको छ)। नेपालमा कसैको पनि मृत्यु भइसकेको छैन। तर, सीमित परीक्षणको सुविधाका कारण यो समुन्द्रमुनिको हिउँको पहाडजस्तै हो – पानीको सतहमा देखिएको सानो चुचुरो होइन जसलाई सजिलै आँकलन गर्न सकियोस्।

अझै विकराल अवस्था आउनै बाँकी छ। भारत एक्लैमा मात्र दशौं लाख आप्रवासी कामदार छन्। उनीहरु शहरबाट त्रासमा घरतिर फर्किरहेका छन्। सयौं लाख मानिसहरु भोकमरीको जोखिममा छन्।

संक्रमण फैलिँदै गर्दा कोभिड-१९ ले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने छ। यसले लाखौंलाई गरिबीतिर धकेल्ने छ र थप असमानता पैदा गर्ने छ। हामीले दक्षिण एसियाको वृद्धिदरको घोषण अप्रिल १२ मा गर्दै छौं। हामीले आर्थिक व्यवस्थापन र महाव्याधीको स्वास्थ्य प्रभावलाई व्यवस्थान गर्ने नीतिलाई पनि प्रस्ताव गर्नेछौं।

अपर्झट आइपुगेको कोभिड-१९ को स्वास्थ्य संकटले निम्न आय भएका दक्षिण एसियका अधिकांश परिवारहरु जोखिममा छन्। भाइरसले आफन्त र नजिकका मानिसलाई प्रभावित पार्ने छ – धेरै अत्यावश्यक स्वास्थ्य उपचारकै लागि संघर्ष गर्नुपर्ने छ। अनुमानित ६ करोड दक्षिण एसियाली नागरिकहरु हरेक वर्ष महँगो स्वास्थ्य उपचारको खोजीमै गरिबीतिर धकेलिन्छन्।

यो तीब्र बदलिरहेको वातावरणमा विश्व बैंकले पहिलो आपतकालीन सहयोग किस्ताको रुपमा कोभिड-१९ को संक्रमणबाट लड्नका लागि विश्वभरका २५ देशलाई सहायता घोषण गरेको छ। १.४ अर्ब डलर बढीको सहायताले दक्षिण एसियाका सरकारहरुलाई तत्कालका लागि महाव्याधीविरुद्ध लड्न सहयोग पुर्‍याउने छ। प्रक्षेपण नै नगरिएको अवस्थाले शीघ्र तदारुकता चाहन्छ। अफगानिस्तान, पाकिस्तान, मालदिभ्स, भारत र श्रीलंगालाई कोभिड-१९ सहयोग प्याकेज तयार गर्नका लागि दुई साताभन्दा बढी लाग्यो। बंगलादेश, भुटान र नेपालका लागि वित्त सहयोग फास्ट ट्र्याकबाट छिट्टै आउने छ।

यस क्षेत्रका सरकार र अर्थ मन्त्रालयहरुसँगको समन्वयमा निर्णायक घडीमा सहयोगको पहुचलाई अगाडि बडाएका छौं। जसले उनीहरुको आश्यकतालाई सम्बोधन गर्ने छ।

गत सातामात्र हाम्रो समूहले दक्षिण एसियाली देशका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरुसँग फोनबाट संवाद गर्‍यो। हाम्रा सहयोगीहरुसँग भएको छलफलमा महाव्यादीको प्रभाव र कोभिड-१९ विरुद्ध लड्न यी देशको क्षमता बढाउन हाम्रो सहयोगलाई बढाउने विषयमा छलफल भयो।

समय घर्किँदै जाँदा दक्षिण एसियाली देशहरुलाई परीक्षणको समयले नयाँ अवसर प्रदान गरिरहेको छ। यसले घातक महाव्यादी विरुद्ध लड्नका लागि क्षेत्रीय संस्थाहरुलाई साझेदारको अवसरसमेत दिएको छ। भाइरसको सीमा हुँदैन, यसले फैलनमा कुनै विभेद गर्दैन।

भारतका लागि हाम्रो एक अर्ब डलर सहयोग बैंकको स्वास्थ्य क्षेत्रमा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग हो। यसले भारतको सबै प्रान्त तथा संघीय क्षेत्रलाई समावेश गर्दै संक्रमित जनता, उच्च जोखिममा रहेको जनसंख्या तथा स्वास्थ्यकर्मी तथा आपतकालीन सेवा प्रदान गर्ने अधिकारीहरुलाई सहयोग गर्नेछ।

स्वास्थ्य क्षेत्रमा भारतको पूरै पहल अन्य समान आय भएका देशहरुको तुलनमा कम देखिएको छ। हाम्रो प्राथमिकता कोभिड-१९ भविष्यमा हुने आउटब्रेक विरुद्ध लड्नका लागि देशको स्वास्थ्य प्रणालीलाई सुधार गर्नु हो। यसले अस्पतालका शैय्याहरुलाई सघन उपचार कक्षमा विकास गर्नु तथा पीपीई, भेन्टिलेटर र औषधीको खरिदमा जोड दिएको छ।

पाकिस्तानको स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेको हाम्रो २० करोड डलरको प्याकेजले त्यहाँका गरीब तथा जोखिममा रहेका समूहलाई आकास्मिक रुपमा देखिएको महाव्यादीबाट लड्न सहयोग गर्ने छ। भने बालबालिकालागि सामाजिक सुरक्षाका उपाय, खाद्य सुरक्षा प्रदान गर्ने छ। जसले उनीहरुलाई विद्यालबाट टाढा नराखोस्।

अफगानिस्तानमा कोभिड-१९ को अवस्था तीब्र रुपमा बढिरहेको छ। अफगानिस्तान इरानसँग सीमा जोडिएको छ। यहाँ कोभिड १९ को संक्रमण बढि देखिएको छ। हाम्रो १० करोड ४ लाख डलरको सहायताले अफगानिस्तानका सबै ३४ वटा प्रान्तमा अत्वाश्यक स्वास्थ्य सेवाको पहुँचलाई बढाउँदै कोभिड-१९को संक्रमणलाई कम गर्ने छ।

त्यस्तै श्रीलंकमा १२ करोड ८६ लाख डलरको कोभिड-१९ इमरजेन्सी रेस्पोन्सले यहाँको जनसंख्यालाई संक्रमण कम गराउन र सामुदायिक आउटब्रेकलाई रोक्न सहयोग गर्ने छ। यसले जनतालाई हात धुने, सरसफाइ तथा सामाजिक दुरी कायम गर्नका लागि चेतना फैलाउन सहयोग पुर्‍याउने छ।

मालदिभ्समा ७३ लाख डलरको सहयाता प्याकेजले विरामीहरुको स्वास्थ्य सेवा, चिकित्सकहरुका लागि पीपीईको उपलब्धता, अस्पतालहरुमा आवश्यक सेवा र सघन उपचारकक्ष बढाउन मद्दत पुर्‍याउने छ।

अहिलेको यो आपतकालीन सहयोगले कोभिड-१९ विरुद्ध लड्नका लागि यी देशको क्षमता बढाउन सहयोग पुर्‍याउने छ। महाव्यादीको समय र प्रभाव मूल्यांकन गर्न कठिन छ। हाम्रो आर्थिक कार्यक्रमले आगामी १५ महिनासम्म विश्वभर १६० अर्ब डलरको सहयोग प्रदान गर्ने अधिकार दिएको छ।

महाव्यादीको आपतकालीन आवश्यकता अथाह छन्। तर, हामी दक्षिण एसियाली देशहरुमा भविष्यमा गुणस्तरीय स्वास्थ्य सेवासहित अगाडि आउनका लागि समान क्षमता विस्तारका साथ लड्न तयार छौं।

(लेखक विश्व बैंकको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हुन्। विश्व बैंकको वेवसाइटमा प्रकाशित उनको विचारको भावानुवाद)