शिवम् सिमेन्टले विपन्न परिवारलाई बाँड्यो खाद्यान्न, १० वटा आइसोलेसन वार्ड बनाउन सहयोग

बिजमाण्डू
२०७६ चैत्र २३ गते १६:३८ | Apr 5, 2020
शिवम् सिमेन्टले विपन्न परिवारलाई बाँड्यो खाद्यान्न, १० वटा आइसोलेसन वार्ड बनाउन सहयोग

काठमाडौं । शिवम् सिमेन्टले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेसन वार्ड बनाउन आर्थिक सहयोग गरेको छ ।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुरस्थित उद्योग परिसर वरपर रहेका हेटौंडा उप–महानगरपालिकाका ६, १६ र १७ नम्बर वडामा स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो। 

कम्पनीले मकवानपुर गढी गाउँपालिकामा १० बेडको क्वारेन्टाइन बनाउनसमेत आर्थिक सहयोग उपलब्ध गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार लकडाउनबाट सबैभन्दा पीडित हुने र दैनिक हात-मुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकाले यस क्षेत्रका परिवारको दैनिकी सहज भन्नका लागि खाद्यान्न वितरण गरिएको उद्योगका प्रमुख नवलकिशोर चौधरीले बताए।