महाप्रसाद र चिन्तामणिसँगै कसको नाम गभर्नरका लागि सिफारिस भएको थियो? खनालको होइन

बिजमाण्डू
२०७६ चैत्र २४ गते १६:३१ | Apr 6, 2020


काठमाडौं। राष्ट्र बैंकको आगामी गभर्नरका लागि तीन जनाको नाम हिजै सिफारिस भएको सुचना सार्वजनिक भएपछि दिनभरौ माहौल तातेको थियो।

Tata
GBIME
Nepal Life

सुरुवाती नाम महाप्रसाद अधिकारी, चिन्तामणि शिवाकोटी र राजन खनालको आएको थियो। तर केही समयपछि राजन खनाल होइन तत्कालिन माओवादीका अध्यक्षले हाम्रो पनि मान्छे राख्नु पर्यो भनेर बखेडा झिकेको समाचार आएको थियो।

प्रचण्डको सिफारिसमा मीनबहादुर श्रेष्ठको नाम पारिएको सार्वजनिक भएको थियो।

तर पूर्व सचिव केशव भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरिएको उर्जा मन्त्री बर्षमान पुनले जानकारी दिए।

'मन्त्री परिषद्मा सिफारिस भएर आउँदा राजन खनाल होइन केशव भट्टराईको नाम आएको छ' उनले बिजमाण्डूसँग भने।