भारतमा लकडाउन सकिएको भोलिपल्टमात्र नेपालमा लकडाउन सकिने, वैशाख ३ गते सम्म थपियो

बिजमाण्डू
२०७६ चैत्र २४ गते १६:३७ | Apr 6, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले लकडाउनको अवधि वैशाख तीन गतेसम्मको लागि थप गरेको छ। भारतमा लकडाउन वैशाख २ गतेसम्म छ।

आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख तीन गतेसम्मको लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो।

अहिलेसम्म देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सुदूरपश्चिममा भारतबाट आएका युवकमा समेत संक्रमण देखिएपछि अरुमा पनि सर्ने सम्भावनाको कारण सरकारले र्‍यापिड टेस्ट गर्ने घोषणा गरिसकेको छ। उच्चस्तरीय समन्वय समितिले एक साता समय थप गर्न बैठकमा सिफारिस गरेको थियो।

सरकारले चैत १० गते पहिलो पटक सात दिनको लागि लकडाउन गरेको थियो। त्यसपछि पनि संक्रमित बिरामीको संख्या थपिदै गएकाले लकडाउनको समय २५ गतेसम्म पुर्‍याएको थियो। संक्रमितको संख्या थपिदै जाँदा सरकारले शनिवार एक स्थानीय तह, जिल्ला र प्रदेशबाट अर्को जिल्लामा जान रोक लगाउने घोषणा गरेको छ।