ऋण सस्तो बनाउन बैंकले निक्षेपको ब्याज घटाउन अर्को सहमति गरे, १ प्रतिशत बिन्दुले ब्याज घट्ने

बिजमाण्डू
२०७६ चैत्र २४ गते १७:१३ | Apr 6, 2020


काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण अर्थतन्त्र संकटमा पर्न थालेपछि बैंकहरुले ऋणको ब्याज घटाउन निक्षेपको ब्याज झार्ने निर्णय गरेका छन्।

Tata
GBIME
Nepal Life

डेढ बर्ष पुरानो भद्र सहमतिलाई पुनरावलोकन गर्दै बैंकर्स संघले आधार दर बैशाख १ गते नै प्रकाशित गर्ने निर्णय गरेका छन्।

बैंकहरुले आधार दर कम गराउन ब्यक्तिगत मुद्दति, संस्थागत मुद्दति र बचतको ब्याज दर घटाएका छन्। आधार दरमा पनि ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने सहमतिलाई पाँच प्रतिशतमा झारेका छन्।

बैंकहरुले ब्यक्तिगत मुद्दतिको ब्याज दर ८.७५ प्रतिशतमा झारेका छन्। संस्थागतको ८.५ प्रतिशत र नवीकरण गर्दा ८.६ प्रतिशतमा गर्नु पर्ने ब्यवस्था गरेका छन्। यसअघि ब्यक्तिगतको ९.७५ प्रतिशत, संस्थागतको ९.५ र नवीकरणमा ९.६ प्रतिशत ब्याज थियो।

बचतको ब्याज साढे ५ प्रतिशतमा झार्ने सहमति भएको छ। यसअघि साढे ६ प्रतिशत अधिकतम ब्याज थियो। 

निक्षेपको ब्याज दर भोलिबाटै घट्ने छ भने ऋणको बैशाख १ गतेबाट घट्ने छ।