लगानी बोर्डको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिन सरकारले भन्यो

बिजमाण्डू
२०७७ असार ५ गते १०:३६ | Jun 19, 2020
लगानी बोर्डको प्रमुख कार्यकारी नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिन सरकारले भन्यो



काठमाडौं। चैतबाट रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सिफारिस समितिको सचिवालयले प्रक्रिया अगाडि बढाएको हो।

Tata
GBIME
Nepal Life

महाप्रसाद अधिकारीलाई सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गरेपछि चैत अन्तिमबाट बोर्डको प्रमुख कार्यकारी अधिकृत पद रिक्त छ। 

सिफारिस समितिले योग्य उमेद्वारसँग प्रस्ताव आह्वान गरेको छ। इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्छ। 

सिफारिस समितिको संयोजक अर्थमन्त्री हुन्छन्। योजना आयोगको उपाध्यक्ष र अर्का एक जना सरकारले तोकेको ब्यक्ति सदस्य हुने ब्यवस्था छ। समितिले सिफारिस गरेकोमध्येबाट मन्त्रिपरिषद्ले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नु पर्छ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला परियोजना अगाडि बढाउनका लागि बोर्डको गठन गरेका थिए। १० अर्ब रुपैयाँभन्दा बढी लगानी तथा ५०० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत आयोजनालाई एक द्वार नीतिअन्तर्गत लगानी बोर्डले हेर्ने गरेको छ। 

त्यसबेला राधेस पन्तलाई प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो। पन्तको पदावधि सकिएपछि अधिकारीलाई प्रमुख कार्यकारी बनाइएको थियो।

अधिकारीको कार्यकाल बाँकी छँदै उनलाई गभर्नर नियुक्त गरिएको थियो। त्यसपछि प्रमुख कार्यकारी पद रिक्त छ।