काठमाडौं। सामासङ मोवाइलको अधिकृत विक्रेता सामसङ नेपालले चार मोडलमा आकर्षक छुट दिने भएको छ। कम्पनीले सामसङ नोट १० लाइट, ए-७१, ए-५१ र ग्यालेक्सी ट्याब ए-१०.१ लगायत चार मोडलमा आकर्षक छुट दिने जनाएको छ।
कम्पनीले ग्यालेक्सी नोट १० लाइटको नयाँ मूल्यमा आठ हजार छ सय रुपैयाँ छुट दिएर ५८ हजार ९९ रुपैयाँ विक्री गर्ने जनाएको छ। तीनवटा क्यामरा भएको नोट १० लाइटमा ६।७ सामोलेड डिस्प्ले, एयर एक्सनयुक्त एस-पेन, सुपर फास्ट चार्जिङ युक्त ४५ सय एमएएच पावरको ब्याट्री, एक सय २८ जीबीको स्टोरेज लगायतका सुविधा जडान गरिएको छ।
कम्पनीले ए-७१ र ए-५१ सिरीजको मोवाइलमा ३६ सय रुपैयाँ र १३ सय रुपैयाँ छुट दिएको छ। कम्पनीका अनुसार ग्राहकले अब ४९ हजार नौ सय ९९मा ए-७१ खरिद गर्न सक्नेछन् भने ३९ हजार नौ सय ९९ मा ए-५१ खरिद गर्न सक्नेछन्।
कम्पनीले ग्यालेक्सी ट्याब ए १०.१ मा दुई हजार रुपैयाँ क्यास ब्याकको आकर्षक अफर ल्याएको छ। नयाँ मूल्य ३२ हजार दुई सय ९९ रुपैयाँमा उपभोक्ताले किन्न सक्ने कम्पनीले जनाएको छ।