तीन दिनमै डलरको भाउ २ रुपैयाँ घट्यो, १२१ माथि रहेको डलरको भाउ ११९ रुपैयाँ ७२ पैसामा आयो

बिजमाण्डू
२०७७ असार २१ गते ०९:१४ | Jul 5, 2020
तीन दिनमै डलरको भाउ २ रुपैयाँ घट्यो, १२१ माथि रहेको डलरको भाउ ११९ रुपैयाँ ७२ पैसामा आयो


काठमाडौं। डलरको भाउ तीन दिनमा २ रुपैयाँले घटेको छ। अमेरिकी डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो भएको हो।

Tata
GBIME
Nepal Life

लामो समयदेखि १२१ रुपैयाँ हाराहारी बसेको डलर आइतबार ११९ रुपैयाँ हाराहारीमा झरेको हो।

तीन दिनअघि डलरको भाउ १२१.६९ रुपैयाँ थियो। शुक्रबार घटेर १२०.९३ रुपैयाँमा आएको थियो। आज आइतबार ११९.७२ पैसामा आएको हो।

एक दिनमै डलरको भाउ एक रुपैयाँ २१ पैसा कमजोर भएको छ। भारतीय मुद्रा डलरसँग बलियो देखिएको छ। भारुसँग नेपाली मुद्राको स्थिर विनिमय दर भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ।