एनसेलले ल्यायो प्लस थिममा ‘ननस्टप युट्युब’ अफर, सय रुपैयाँमा एक साताभरि युट्युब चलाउन मिल्ने

बिजमाण्डू
२०७७ असार २३ गते २०:२५ | Jul 7, 2020
एनसेलले ल्यायो प्लस थिममा ‘ननस्टप युट्युब’ अफर, सय रुपैयाँमा एक साताभरि युट्युब चलाउन मिल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं : एनसेलले फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब’ अफर ल्याएको छ। भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट ग्राहकलाई मुक्त बनाउन नयाँ अफर ल्याएकाे कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ। 

एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत याे अफर ल्याएकाे हाे। एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको कम्पनीले जानकारी दिएकाे छ। 

‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले एक सय रुपैयाँ (करसहित १२७.६९ रुपैयाँ) मा एक साताभरि ४८० पी मा युट्युब भिडियो सामाग्री हेर्न सक्नेछन्। साथै यो अफरमा ग्राहकले चार जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्ने जानकारी कम्पनीले दिएकाे छ।  

फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ। साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टाछुट्टै आकर्षक प्याक पनि लिन सक्ने पनि कम्पनीले जानकारी दिएकाे छ। 

ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म २० रूपैयाँमा (कर सहित २५.५३) मा ३५०० एमबि थप डेटा लिन सक्नेछन्। उक्त डेटा ग्राहकले फेसबुक चलाउनका लागि प्रयोग गर्न सक्ने जानकारी पनि कम्पनीले दिएकाे छ। त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म  ३५०० एमबि थप डेटाको मजा लिन सक्ने पनि कम्पनीले जानकारी दिएकाे छ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन्। सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमा ल्याएपछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको छ।

 भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युब अफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ।

फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । 

यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ। आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपग्रेड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्ने पनि कम्पनीले जानकारी दिएकाे छ। सिम अपग्रेड गर्ने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् । 

आफ्नो प्रतिबद्धता अनुरूप र नयाँ ‘प्लस’ थिमअन्तर्गत ग्राहकका लागि थप नवीन सेवा तथा सुविधाहरु ल्याउने एनसेलले जनाएको छ।