साधना लघुवित्तको आइपिओमा मागभन्दा १६ गुणाबढी आवेदन, ८६०४ को आवेदन भयो रद्द 

बिजमाण्डू
२०७७ असार २४ गते १८:०१ | Jul 8, 2020
साधना लघुवित्तको आइपिओमा मागभन्दा १६ गुणाबढी आवेदन, ८६०४ को आवेदन भयो रद्द 


काठमाडौं। साधना लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आइपिओमा मागभन्दा १६.९१ गुणा बढी आवेदन परेको छ।

Tata
GBIME
Nepal Life

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार, ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता लागि आवेदन दिएका छन्। जसमध्ये ८ हजार ६ सय ४ जनाको आवेदन रद्द भएको छ। 

आवेदन भेरिफाइ हुने क्रममा रहेकाले यो संख्या केही तल-माथि हुन सक्ने क्यापिटलले जनाएको छ। कम्पनीको आइपिओमा मागभन्दा बढी आवेदन परेकाले आजबाट निष्कासन बन्द गरेको छ।

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आइपीओ निष्कासन गरेको थियो। जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। 

बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने थिए। इक्रा नेपाल लिमिटेडले कम्पनीको आइपिओलाई ग्रेड ४ रेटिङ दिएको छ। यस रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ। कम्पनीले आइपिओ निष्कासनपछि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ।