१२०० सीसीसम्मका गाडीका लागि ८० प्रतिशतसम्म ऋण दिने ब्यवस्था गर्नु पर्ने, ‘प्राइसिङ बैंकलाई’

बिजमाण्डू
२०७७ असार २५ गते १५:२४ | Jul 9, 2020


काठमाडौं। बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आधार दर घटाउने दिशामा बैंकहरु लागेको बताएका छन्। उनले बैंकर पनि अहिले 'हार्ड हिट सेक्टर' भएकाले खर्च कतिसम्म घटाउने भन्नेमा ध्यान दिनु पर्ने बताए। 

Tata
GBIME
Nepal Life

प्राइसिङमा प्रतिस्पर्धा धेरै भएकाले त्यो बैंकहरुलाई छाडिदिनु पर्ने भनाइ उनले राखे। उनले स्प्रेड दर तोक्न नहुनेसमेत बताए।

उनले अहिले बैंकका कर्मचारी सही गर्न डराउने अवस्था आएको भन्दै बैंकिङ कसुर ऐनलाई सम्बोधनका लागि पहल गर्न पनि माग गरे।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि वेबिनारमार्फत सुझाव माग गरेको कार्यक्रममा बिहीबार दाहालले यहीँ प्राइसिङ बैंकलाई  छाड्न माग गरेका हुन्।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले ब्यापार ब्यवसाय जोगिए मात्र बैंक तथा वित्तीय संस्था पनि जोगिने बताए। उनले ऋण तिर्ने समय बढाएसँगै नोक्सानी ब्यवस्थापन गर्ने ब्यवस्थालाई पनि खुकुलो पार्नु पर्ने बताए। 

क्रेडिट रेटिङ र सहवित्तीयकरण ऋणमा केही सहजीकरण गर्न माग गरे। कम्तिमा एक/दुई वर्षका लागि  सहजीकरण गरिदिन माग गरेका छन्।

उनले १५० सीसीको बाइक र १२०० सीसीसम्मको कारका लागि ऋण सहजीकरण गर्न पनि सुझाव दिए। अहिले ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ। 'सोसल डिस्टेन्सिङ कायम गर्न पनि सवारी साधन चाहिन्छ,' उनले भने, 'त्यसैले इन्ट्रि लेभलको गाडीका लागि ८० प्रतिशतको सीमा पुर्‍याउँदा राम्रो हुन्छ।'

उनले वाणिज्य बैंकलाई मात्र होइन विकास बैंक र फाइनान्स कम्पनीलाई पनि सेयर ब्रोकर लाइसेन्सको ब्यवस्था गर्नुपर्ने माग गरेका छन्।