भारतमा आईसीआईसीआई बैंकले कर्मचारीको तलब बढायो, ‘कोरोना त्रासका बीच काम गरेको पुरस्कार’

बिजमाण्डू
२०७७ असार २५ गते १५:२७ | Jul 9, 2020

Tata
GBIME
Nepal Life

 

कोरोनाका कारण बैंकहरुको संकट बढ्दै गएको बेला अधिकांश बैंकहरुले आफ्ना कर्मचारीको तलबमा कटौती गरिरहेका छन्।
तर भारतको दोस्रो ठूलो निजी बैंक आईसीआईसीआईले भने आफ्ना ८० हजार फ्रन्टलाइन स्टाफको तलब बढाउने निर्णय गरेको छ।

बैंकले आफ्ना ८० प्रतिशतभन्दा बढी कर्मचारीको तलब  ८ प्रतिशतले बढाउने निर्णय गरेको हो। बैंकले आफ्नो स्टाफलाई कोरोना संकटमा  काम गरेको भन्दै पुरस्कृत गरेको हो। बैंकले कर्मचारीहरुलाई कोरोना संकटमा पनि आफ्नो सेवा जारी राखेको भन्दै मनोबल बढाउन यस्तो निर्णय गरेको जनाएको छ।

बैंकले गरेको यो तलब बृद्धि आगामी  जुलाइ महिनादेखि लागू हुनेछ। यसबाट ग्राहकको सीधा सम्पर्कमा रहने कर्मचारीहरुको मनोबल बढ्ने विश्वास बैंकको छ।

बैंकले यस्तो बेला कर्मचारीको तलब बढाउने निर्णय लिएको छ जतिबेला भारतमा मात्र नभई संसारभरकै अधिकांश कम्पनीहरु आफ्नो लागत घटाने उपाय अपनाइरहेका छन्। कोरोना महामारीको आर्थिक प्रभावलाई हेर्दै ति कम्पनीहरुले लागत घटाउन बाध्य भएका हुन्।

आईसिआईसीआई बैंकले मार्च त्रैमासिकमा १२२१ करोड भारु नेट प्रोफिट गरेको छ जुन गत वर्षको समान अवधिको भन्दा २६ प्रतिशतले बढी हो।