काठमाडौं। सरकारले सबै खालका सार्वजनिक यातायातका सवारीसाधन शुक्रबारबाट संचालन गर्न दिने निर्णय गरेको छ। मन्त्रीपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता संचारमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय भएको बताए।
उनका अनुसार उपत्यकाका तीनवटै जिल्लाभित्र र अन्य जिल्लाहरुको हकमा जिल्लाभित्र मात्रै संचालन गर्न पाइनेछ। अन्तर जिल्ला र लामो दुरीका सवारीसाधन भने संचालन गर्न पाइने छैन। एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि रोक लगाइनेछ।
तर निजी सवारीसाधनलाई भने जोरविजोर कायम नै राखिएको छ। उनका अनुसार चालक सहित दुई जना र परिवारकै पाँच बर्ष मुनिको काखमा राख्न मिल्ने बच्चा भने राख्न पाइनेछ। मोटरसाइकल भने दुई जना चढाउन पाइनेछ। परिवारकै पाँच बर्ष मुनिका बच्चा भए राख्न पाइनेछ।
त्यसै गरि ट्याक्सी संचालन गर्न दिने निर्णय गरेको छ। काठमाडौं उपत्यका भित्र र सम्वन्धित जिल्लाभित्र संचालन गर्न पाइनेछ।चालक बाहेक २ जना यात्रु र ती यात्रुका परिवार पाँच बर्ष मुनिका बच्चा बाहेक अरु राख्न दिइने छैन।