कोरोना रोेकथामका लागि ग्लोबल आइएमई बैंकको प्रयास, गण्डकी प्रदेशलाई १० लाख सहयोग गर्यो

बिजमाण्डू
२०७७ असार २५ गते १७:५० | Jul 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई  १० लाख रुपैयाँ  सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

उक्त कार्यक्रममा  मुख्यमन्त्री गुरुङले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए।

कोभिड – १९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको समयमा यो सहयोगले थप प्रेरणा दिने विश्वास बैंकले लिएकोे छ ।    

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । बैंकले  आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने समेत जनाएको छ ।