राजस्व अनुसन्धानले दुई फर्मविरुद्ध हाल्यो मुद्दा, ६ करोड ६९ लाख रुपैयाँ बिगो दाबी, कैद पनि माग

बिजमाण्डू
२०७७ असार २६ गते १३:०९ | Jul 10, 2020


काठमाडौं। राजस्व अनुसन्धान विभागले दुई उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। विभागले श्याम ग्लास इण्डष्ट्रिज र महाशक्ति गुट्खा उद्योग विरुद्ध उच्च अदालत तुल्सीपुरमा मुद्दा हालेको हो।

Tata
GBIME
Nepal Life

राजस्व चुहावट गरेको अभियोगमा उनीहरु विरुद्ध ६ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। विभागले जरिवाना र कैदको माग दाबीसमेत गरेको छ। 

श्याम ग्लास इण्डष्ट्रिजलाई राजस्व चुहावट गरेको अभियोगमा ६ करोड ६ लाख २५ हजार २८२ रुपैंयाँ बिगो कायम गरी त्यो बिगो असुल-उपर गरी जरिवाना र कैद समेतको माग दाबी गरिएको छ।

यसैगरी महाशक्ति गुट्खा उद्योगका संचालकहरुले सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने एव कम तिर्ने उद्देश्य राखि अन्तःशुल्कजन्य पदार्थ उत्पादित तथा बिक्री वितरण गरी अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरी राजस्व छलि गरेको विभागको आरोप छ।

कम्पनीलाई विभागले ६३ लाख ८ हजार ७०६ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै मुद्दा हालिएको छ।