रुरु जलविद्युतले आइपिओ बिक्री गर्न बोर्डमा दियो निवेदन, प्रिमियममा बिक्री गर्न अनुमति माग्यो

बिजमाण्डू
२०७७ असार २६ गते १५:३७ | Jul 10, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं।  रुरु जलविद्युत परियोजना लिमिटेडले आईपिओ निष्काशन तथा विक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरि कुल ८ लाख १५ हजार ४ सय ११ कित्ता शेयर निष्कासन गर्न अनुमाति मागेको हो । यसमध्ये कम्पनीले ४ लाख ७ हजार ७ सय ५ कित्ता आयोजना प्रभावित स्थानीयलाई र बाँकी ४ लाख ७ हजार ७ सय ६ कित्ता सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई बिक्री गर्ने सेयरमा प्रिमियम राख्न अनुमति मागेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १२० रुपैयाँ मा शेयर निष्कासनको लागि अनुमति माग गरेको हो । कम्पनीले साधारण सेयरमा २० रुपैयाँ थप प्रिमियम लगाएको छ ।

कम्पनीले ५ मेगावाटको माथिल्लो हुग्दीखोला आयोजना संचालन गरिरहेको छ  । रुरु परियोजनाले निर्माण गरेको माथिल्लो हुग्दीले २०७१ चैतबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ ।