पुँजी २ अर्ब पुर्याउन आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ ल्याउँदै, बोर्डमा दियो निवेदन

बिजमाण्डू
२०७७ असार २६ गते १५:४३ | Jul 10, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत असार २२ गते कम्पनीले निवेदन दिएकोमा बोर्डले भने वेबसाईटमा शुक्रबारमात्र सार्वजानिक गरेको हो ।

यो नयाँ जीवन बीमा कम्पनीले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको हो । कम्पनीले आईपीओको  बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई रोजेको छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड छ। 

कम्पनीको आइपिओ बिक्रीपछि सो पुँजी २ अर्ब पुग्नेछ । बीमा समितिले नयाँ जीवन बीमा कम्पनीहरुलाई २ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसँगै कम्पनीको आइपिओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको बीमा समितिबाट विसं २०७४ साल असार २० गते इजाजत प्राप्त गरी २०७४ साल भदौ १ गतेदेखि कारोबार शुरु गरेको हो ।