नेप्सेबाट करिब ३२ हजारले लिए अनलाइन सेयर कारोबारको आइडी र पासवर्ड, सबै छैनन् सक्रिय

बिजमाण्डू
२०७७ असार २८ गते ११:०० | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल स्टक एण्ड एक्सचेञ्जको अनलाइन सेयर कारोबारका लागि हालसम्म ३२ हजारले युजर नेम र पासवर्ड लिएका छन्। नेप्सेका अनुसार असार २६ गतेसम्म ३१ हजार ९ सय ८८ जनाले अनलाइन सेयर कारोबारको लागि युजर नेम र पासवर्ड लिएका हुन्।

५१ वटा ब्रोकर मार्फत उनीहरुले अनलाइन कारोबारको लागि आवश्यक पर्ने आइडी लिएको जानकारी नेप्सेले दिएको छ। सबैभन्दा बढी ३४ ब्रोकर नम्बर भिजन सेक्युरिटीजबाट २ हजार १ सय ६८ जनाले  अनलाइन कारोबारको युजर नेम र पासवर्ड लिएका छन् ।

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३५ कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरेटिजबाट १ हजार ९ सय ८० जनाले यो सेवा लिएका छन् । ब्रोकर नम्बर १८ सगरमाथा सेक्युरिटीज प्रालिबाट १ सय १७ जनाले यो सेवा लिएका छन् भने ब्रोकर नम्बर ३ अरुण सेक्युरेटिजबाट १ सय ३० जनाले यो सेवा लिएको नेप्सेले जनाएको छ ।

नेप्सेले पूर्ण अनलाइन भने पनि लगानीकर्ताहरुले प्रयोग गर्ने बेलामा विभिन्न समस्या आइरहने भएकाले सबै लगानीकर्ता अनलाइन कारोबार  गर्न सक्रिय नभएको बताउँदै आएका छन् ।