एनआइबिएल एस क्यापिटलले डिम्याट खाता नवीकरण गर्न बोलायो, असार मसान्तसम्म म्याद

बिजमाण्डू
२०७७ असार २८ गते ११:१२ | Jul 12, 2020


काठमाडौं। एनआइबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंकले हितग्राहीहरुलाई डिम्याट खाता नवीकरण गर्न बोलाएको छ ।
बैंकले आव २०७६/७७ सम्मको डिम्याट खाता सञ्चालन गरे वापतको वार्षिक शुल्क एक सय रुपैयाँ भुक्तानी गर्न भनेको हो ।

Tata
GBIME
Nepal Life

हितग्राहीहरुले असार मसान्त भित्रमा पायक पर्ने इन्भेष्टमेण्ट बैंकका शाखा कार्यलयहरुबाट वा मोबाइल वालेट, ई-सेवा, आइएमई पे, खल्तीबाट खाता नम्बर ००१०१०१०३१२१९६ मा भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नभएमा बैंकले  डिम्याट खाता रोक्का सम्म गर्न सक्ने बताएको छ।  यसैगरी मेरो सेयर सेवा लिएका हितग्राहीले पनि सञ्चालनमा आएको एक वर्षभित्र नवीकरण गरिसक्नु पर्छ ।

सो समयभित्र नवीकरण नगरेमा बन्द हुने भएकाले बैंकले मेरो सेयरको पनि वार्षिक सेवा शुल्क बुझाउन अनुरोध गरेको हो ।