सोमबारदेखि दिव्य र किसान लघुवित्तको कारोबार एनआरएन लघुवित्तको नामबाट हुने

बिजमाण्डू
२०७७ असार २८ गते ११:३७ | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेपछि असार २९ गते सोमबारदेखि एनआरएन लघुवित्तको नाममा  कारोबार हुने भएको छ ।

सोमबारदेखि लघुवित्तका सबै शाखाहरुबाट एनआरएन लघुवित्तको नाममा कारोबार हुन लागेको जानकारी कम्पनीले दिएको छ । रामारोशन र क्रिएटिभ लघुवित्त गाभिएपछि एनआरएन लघुवित्त संस्था बनेको हो ।

एनआरएन लघुवित्तले फागुन १६ गते कैलालीमा साधारण सभाबाट किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्न तथा सेयर आदान प्रदान अनुपात निर्धारण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कैलालीको धनगढी उपमहानगरपालिका-२ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एनआरएन लघुवित्तले दिव्य लघुवित्तलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभेको हो ।

चालू आवको तेस्रो त्रैमाससम्म किसान माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड ६६ लाख छ भने दिव्य लघुवित्तको ७ करोड ७० लाख छ ।
किसानको शाखा कार्यालय ५० वटा छ भने दिव्य लघुवित्तको २८ वटा रहेको छ । किसानको लघुवित्तको केन्द्रिय कार्यालय कैलालीमा छ भने दिव्यको काभ्रेको नमोबुद्धमा छ ।