नेप्सेमा दुई फाइनान्सको ४ लाखभन्दा बढी कित्ता सेयर सुचिकृत, सोमबारदेखि कारोबार हुने

बिजमाण्डू
२०७७ असार २८ गते १२:५४ | Jul 12, 2020


काठमाडौं। आइतबार नेप्सेमा दुई फाइनान्सको ४,४३,८६६.६६ कित्ता बोनस सेयर सुचीकृत भएको छ ।

Tata
GBIME
Nepal Life

युनाइटेड फाइनान्सको ३,३१५५.७२  कित्ता र मञ्जुश्री फाइनान्सको १,४०,७१०.५४  कित्ता वोनस सुचीकृत भएको हो ।

उक्त दुई कम्पनीको वोनस सेयर फाइनान्सको पुस २९ गतेको साधारण सभाले पारित गरेको थियो ।  वोनस वितरण सँगै युनाइटेड फाइनान्सको चुक्ता पुँजी १ अर्व ४ करोड भन्दा माथि पुगेको छ ।

यसैगरी मञ्जुश्री फाइनान्सको  ८१ करोड ८१ लाख भन्दा बढी पुगेको छ  सुचीकृत भएको सेयर लगानीकर्ताहरुले सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।