पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न निगम अगाडि प्रदर्शन, ‘५ रुपैयाँ बढाउनु गलत’

बिजमाण्डू
२०७७ असार २८ गते १४:०० | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त खारेज गर्न माग गर्दै प्रदर्शन गरेको छ। बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो।

नेविसंघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ता गराउन निरन्तर खबरदारी गर्दै आएको महामन्त्री वलदेव तिमल्सिनाले बताए।

'हामीले बुधबार निगम पुगेर ज्ञापनपत्र बुझाएका थियौं। तर कुनै सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएका हौं,' महामन्त्री तिमल्सिनाले भने, 'जनताको माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रनेछौं।'

बुधबार नेविसंघले निगमलाई ७ बुँदे सुझावसहितको ज्ञापनपत्रसमेत बुझाएको थियो। तीन महिनाको अवधिमा ३ अर्ब नाफा कमाएको आयल निगमले विश्व बजारमा मूल्य बढ्दैमा ५ रुपैयाँ बढाउनु गलत भएको नेविसंघले जनाएको छ।