पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, काठमाडौंका ५ र ललितपुरका १ जना संक्रमित

बिजमाण्डू
२०७७ असार २८ गते १६:५६ | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ९१६ जनामा कोरोना परीक्षण गर्दा ८२ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामा ५ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंका ५ र ललितपुरका १ जना रहेका छन्।

शनिवार ७० जनामामात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणका कारण देशभर ३८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।