निर्जीवनको बीमा शुल्कमा ३५% छुट दिइने, तिरिसकेकाले अर्कोपटक नवीकरण गर्दा छुट पाउने

बिजमाण्डू
२०७७ साउन २३ गते १४:४३ | Aug 7, 2020
निर्जीवनको बीमा शुल्कमा ३५% छुट दिइने, तिरिसकेकाले अर्कोपटक नवीकरण गर्दा छुट पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। निर्जीवन बीमाको प्रिमियम शुल्कमा ३५ प्रतिशत छुट दिन उद्योगी व्यावसायी र बीमा समितिबीच सहमति भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बीमा समितिसँग छलफल गरेपछि लकडाउनका कारण ८३ दिनसम्म कुनै जोखिम बहन गर्नु नपरेको र उक्त अवधिमा कुनै हुलदंगा पनि नभएकाले सबै निर्जीवन बीमामा उक्त अवधिको प्रिमियममा ३५ प्रतिशत छुट दिने सहमति भएको नेपाल उद्योग वाणिज्य संघले जनाएको छ।

८३ दिनको प्रिमियममा एक तिहाई प्रिमियम छुट दिदा ३३ प्रतिशत छुट पाउँछन्। उक्त अवधिमा कुनै हुलदंगा पनि नभएकोले थप २ प्रतिशतसहित ८३ दिनको प्रिमियम शुल्कको ३५ प्रतिशत छुट दिने सहमति भएको हो।

उक्त सहमति कार्यान्वयनका लागि बीमा समितिले सर्कुलर जारी गर्ने सहमति भएको पनि महासंघले जनाएको छ।

अहिले बीमा नवीकरण गर्दा बीमितले ८३ दिनको प्रमियममा ३५ प्रतिशत छुट पाउनेछन्। यदि कसैले प्रिमियम तिरिसकेको भए अर्कोपटक नवीकरण गर्दा यो ३५ प्रतिशत प्रिमियममा छुट पाउनेछन्।