काठमाडौं उपत्यकाभित्र संक्रमित भेटिएका क्षेत्रमा सिल गरिने : पहिलो चरणमा न्युरोड र टेकु

बिजमाण्डू
२०७७ साउन २३ गते १६:०५ | Aug 7, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको सङख्या हेरेर संक्रमित क्षेत्रमा सिल गरिने भएको छ। आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले प्रभावित क्षेत्रलाई हेरेर सिल गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार नै काठमाडौंको न्युरोड र टेकु क्षेत्र आजबाट सिल गर्ने तयारी गरिएको छ। त्यस्तै आज नै काठमाडौं महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्न निर्देशन दिइसकेका छन्। शुक्रवार न्युरोडका दुई जना कपडा व्यपारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा दुई साताको लागि अत्यआवश्यकबाहेक अन्य सेवा बन्द हुने भएको छ। आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्याआवश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो।