आइतबार बजार ११.३० अंकले उकालो, अर्ब नजिकको कारोबार हुँदा अजोडको मूल्य १०% ले बढ्यो

बिजमाण्डू
२०७७ साउन २५ गते १५:४० | Aug 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार ११.३० अंक बढेर बन्द भएको छ । १ हजार ३ सय ८३.९९ विन्दुबाट सुरु भएको कारोबार आधा घण्टामा घटेर १ हजार ३ सय ६२.७९ विन्द्सम्म ओर्लिएको थियो । नेप्से सुचक सो विन्दुमा पुगेपछि खरीदकर्ताहरुका चाप गर्न गई बजार अन्त्यसम्म बढेर १ हजार ३ सय ९२.६८ बन्द भयो । 

कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुदपनि आइतवार सेयर बजार बढ्न पुगेको छ ।

गत आर्थिक वर्षको नाफा घाटाको वित्तीय विवरण सर्वाजानिक गनुपर्ने समयपनि साउन मसान्त नजिकै आएको छ । हालसम्म नेपाल बैंक बाहेक अरु बैंकले सो विवरण सार्वजानिक गरेका छैनन् ।

कोरोना भाइरसले नेपाल बैंकको विवरणलाई खासै प्रभाव नपारेका कारण अन्य बैंकहरुको सूचक पनि राम्रो आउने आशंका लगानीकर्ताहरुमा छ ।

सामुहिक लगानी कोष ( म्युचुअल फण्ड)हरुले गत आवको नाफाबाट प्रतिफल घोषणा गरिरहेका छन् जसको सकारात्मक प्रभाव सेयर मुल्यमा परेको छ । 

आर्थिक वर्ष समाप्त भएसँगै बैंक तथा वित्तीय संस्थाहरुको लाभांश आउने भएकाले पनि बजार सकारात्मक भएको एक लगानीकर्ताले बताए । 

आइतबारको कारोबारमा १ सय ८७ कम्पनीमा १ सय ३ कम्पनीको सेयर मुल्य बढेको छ भने  ४६ वटाको घटेको छ । साथै, १६ कम्पनीको मुल्य स्थिर रहेको छ ।  कुल ९७ करोड ७८ लाख ९५ हजार बराबरको सेयर कारोबार भएको छ । 

हालसालै नेप्सेमा आइपिओ सुचिकृत भएको अजोड इन्स्योरेन्स र साधना लघुवित्तको सेयर मुल्य करिब १० प्रतिशत बढ्न पुगेको छ ।

अजोड इन्स्योरेन्सको सेयर मुल्य प्रतिकित्ता ४ सय ६७ पुगेको छ भने साधना लघुवित्तको ४ सय ३६ रुपैयाँ पुगेको छ । गत आवको वित्तीय विवरण सार्वजनिक गरेको नेपाल बैंकको मुल्य ६ प्रतिशत बढेको छ ।