कर्मचारी र मजदुरमा कोरोना पुष्टिपछि आरती स्ट्रिप्स बन्द, पूर्वमा ५०% मात्र उद्योग सञ्चालनमा

बिजमाण्डू
२०७७ साउन २५ गते १७:०२ | Aug 9, 2020


विराटनगर।  मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्स उद्योग बन्द गरिएको छ ।

Tata
GBIME
Nepal Life

उद्योगमा कार्यरत कर्मचारी र मजदुर लगायत १२ जनामा कोरोना सङ्क्रमण पाइएपछि उद्योग बन्द गरिएको आरतीका महाप्रबन्धक अश्विनी शर्माले बताए ।

आरतीले कर्कट पाता र टिएमटी छडको उत्पादन गर्दै आएको छ ।

‘उद्योग त्यसै पनि ३० प्रतिशत क्षमतामा चलिरहेको थियो’, महाप्रबन्धक शर्माले भने, ‘कर्मचारी र मजदुरमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आइतबारदेखि पूरै उत्पादन बन्द गरिएको छ ।’

शर्मा भने, ‘मजदुर र कर्मचारीको पिसिआर टेस्ट उद्योगकै खर्चमा भएको छ । उद्योगकै परिसरमा आइसोलेसन बनाएर सबै बिरामीलाई यहीँ राखिएको छ ।’

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार विराटनगर महानगरपालिका क्षेत्रका सबै उद्योग बन्द छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योग ५० प्रतिशतमात्र चालु अवस्थामा छन् । चलिरहेका उद्योगले पनि पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् । उद्योगमा मजदुर आउन सकिरहेका छैनन् ।