सञ्चालकको आचरणलाई लिएर राष्ट्र बैंकको नयाँ निर्देशन: शिष्ट बोली, कार्यशैली र आचरण गरौं

बिजमाण्डू
२०७७ भदौ २३ गते १६:२५ | Sep 8, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको मर्यादाका सम्बन्धमा अनौठो सुनिने खालको निर्देशन जारी गरेको छ।

मंगलबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सञ्चालकले पालना गर्नुपर्ने आचरण सम्बन्धी ब्यवस्थामा अर्को एउटा बुँदा थपेको छ, जुन रमाइलो सुनिन्छ।

यसअघि सञ्चालकले आफ्नो आचरण राम्रो गर्नुपर्ने, दैनिक काममा हस्तक्षेप गर्न नहुने ब्यवस्थालगायत थियो। यसमा राष्ट्र बैंकले अर्को एउटा ब्यवस्था पनि थपेको हो।

थपिएको नयाँ ब्यवस्थमा भनिएको छ- सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, ब्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ। संस्थाको कार्य वातावरण बिग्रिने, घृणा, द्वेष उत्पन्न हुने कुनै पनि किसिमको गतिविधि गर्नु/गराउनु हुँदैन।