उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित, अरु को को भए सम्मानित

बिजमाण्डू
२०७७ असोज ३ गते १८:०७ | Sep 19, 2020
उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित, अरु को को भए सम्मानित

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले पाँचौं संबिधान दिवसका अवसरमा एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ।

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल(गोल्यान) प्रबल जनसेवा श्री(चतुर्थ)बाट विभूषित  भएका छन्। स्वर्गीय रावत मल गोल्यानका कान्छा छोरा शंकर सन् १९७० बाट व्यवसायमा प्रवेश गरेका थिए। कपडाको व्यापारका लागि उनी विभिन्न देश पुगेका थिए। सन् १९८०मा कोरिया र जापानमा  कपडा व्यापार  गरेर १० वर्षसम्म विताएका थिए। यो दुबै देशमा ठूलो कपडा कारोबारीको रुपमा उनी परिचित थिए।

पछिल्लो ४५ वर्षको अवधिमा उनको लगनशिलताका कारण नेपालको ठूलो व्यापारिक घरानाको रुपमा स्थापित भएको थियो। उनकै अध्यक्षतामा स्थापित शंकर ग्रुपको विभिन्न उद्योग व्यवसायमा हजारौले रोजगारी पाएका छन्। यो समूह अन्तर्गत सिमेन्ट, स्टील, अटोमोबाइल, कृषि, खाद्यान्न तथा एमसिजी, चुरोट, प्याकेजिङ, हस्पिटालिटी, विजुली, जीवन बीमा, क्रेडिट रेटिङ र व्यापार लगायतका १४ विभिन्न क्षेत्रका व्यापार छन्।

समूहले अहिले गरिरहेका सम्पूर्ण सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेको छ। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन्।

उनी क्वेस्ट फर्मास्यूटिकलका कार्यकारी निर्देशक थिए। महासंघकी केन्द्रीय सदस्य जोत्सना श्रेष्ठ र केन्द्रीय सदस्य भरतराज आचार्य सुप्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन्।